लामिछानेलाई लिङ्देनले दिए पृथ्वी जयन्तीको निम्तो

भेटमा प्रतिनिधिसभा चुनावबारे पनि छलफल

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Lingden invites Lamichhane to Earth Day

काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपा  सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान हात्तिगौंडास्थित लामिछाने निवास पुगेर लिङ्देनले भेटवार्ता गर्दै पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिएका हुन् । 

यही पुस २७ गते राप्रपाले राष्ट्रिय एकता दिवसका रूपमा पृथ्वी जयन्ती मनाउँदैछ । त्यस अवसरमा औपचारिक कार्यक्रम आयोजना गरिएको छ ।

Lingden invites Lamichhane to Earth Dayयसका साथै २१ फागुनमा हुने प्रतिनिधसभा निर्वाचनका बारेमा पनि छलफल भएको भेटवार्तामा सहभागी राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully