एक पदाधिकारीका अनुसार रोशनी मेचे, बाग्मतीमा प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सदूर पश्चिममा लिला भण्डारी छन् ।
काठमाडौँ — एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।
एक पदाधिकारीका अनुसार कोशी प्रदेशबाट रोशनी मेचे, बाग्मतीमा प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सदूरपश्चिममा लिला भण्डारी छन् ।
रोशनी मेचे अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव हुन् । त्यस्तै रामकुमारी झाँक्री एकीकृत समाजवादीबाट एमालेमा फर्किएकी नेत्री हुन् । निर्वाचन आयोगका अनुसार १८ सिटका लागि हुन लागेको निर्वाचनमा आजै उम्मेदवार दर्ता गर्ने कार्यक्रम रहेको छ ।
एक सिटमा भने सरकारले मनोनीत गर्नेछ । कांग्रेस, एमाले र नेपाल कम्युनिस्ट पार्टी र जसपा नेपाल जसपाबीच राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बनाउने तयारी छ ।
गठबन्धन अनुसार एमालेले सात, कांग्रेसले सात, नेकपाले ३ र जसपा नेपाल तथा लोसपाले एक/एक सिट पाउने समझदारी भएको छ । यसका बारेमा आजै टुङ्गो लगाउने नेताहरूले बताएका छन् ।
