प्रतिनिधिसभाका लागि दाङबाट एमालेका उम्मेदवार सिफारिस

जिल्ला सचिवालय बैठकले सबै क्षेत्रका उम्मेदवारहरुको नाम टुंगो लगाएर प्रदेश कमिटीमा पठाएको जिल्ला सचिव श्याम डाँगीले जानकारी दिए ।

पुस २३, २०८२

दुर्गालाल केसी

UML candidate recommended from Dang for the House of Representatives

दाङ — एमाले दाङले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

जिल्ला सचिवालय बैठकले सबै क्षेत्रका उम्मेदवारहरुको नाम टुंगो लगाएर प्रदेश कमिटीमा पठाएको जिल्ला सचिव श्याम डाँगीले जानकारी दिए । क्षेत्र नम्बर २ बाट महासचिव शंकर पोख्रेलको नाम मात्रै सर्वसम्मत सिफारिस गरिएको छ भने अन्य क्षेत्रबाट तीन/तीन जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्वर १ बाट लुम्बिनी प्रदेशका पूर्वसांसद रेवतीरमण शर्मा, अर्जुन गुरुङ र कमला आचार्यको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर ३ बाट केन्द्रीय सदस्य एवं तुलसीपुर उपमहानगरपालिकाका पूर्वप्रमुख घनश्याम पाण्डे, पूर्वस्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी र लुम्बिनी प्रदेश कमिटी सदस्य सिमा न्यौपानेको नाम सिफारिस गरिएको छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully