राष्ट्रिय सभामा नेकपाले १७ उम्मेदवार उठाउँदै

कांग्रेस-एमालेसँग भागबन्डा गरेर राष्ट्रिय सभामा उम्मेदवारी दिने भने अन्तिम समयमा सिट संख्यामा कुरा नमिल्दा नेकपाले सबै ठाउँमा आफ्नै उम्मेदवार उठाउने भएको हो ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

NCP fielding 17 candidates for National Assembly

काठमाडौँ — माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपाले उम्मेदवारको टुंगो लगाएको छ । गण्डकी प्रदेशबाट २ सिट रिक्त भए पनि नेकपाले १ मा मात्र उम्मेदवार उठाउने भएको छ ।

कांग्रेस-एमालेसँग भागबन्डा गरेर राष्ट्रिय सभामा उम्मेदवारी दिने भने अन्तिम समयमा सिट संख्यामा कुरा नमिल्दा नेकपाले सबै ठाउँमा आफ्नै उम्मेदवार उठाउने भएको हो । 

मंगलबार नेकपा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाललाई केन्द्रीय परामर्श बैठकले उम्मेदवारको टुंगो लगाउने जिम्मा दिएको थियो । कांग्रेस-एमालेले ४ सिट दिन नमानेपछि गठबन्धन नभएको नेता प्रकाश ज्वालाले जानकारी दिए । 

मंगलबार कांग्रेसलाई ७, एमालेलाई ७, नेकपालाई ३ र लोसपा/जसपालाई १ सिट दिने विषयमा मोटामोटी सहमति भएको थियो । तर नेकपाभित्रको आन्तरिक समीकरण मिलाउन न्यूनतम ४ सिट आवश्यक पर्ने माग आएपछि सहमति हुन सकेन । 

त्यसपछि बुधबार बिहान कांग्रेसले ९, एमालेले ८ र जसपा/लोसपाले १ सिट पाउने गरी नयाँ सहमति भएको हो । लोसपाबाट महन्थ ठाकुरको नाम सिफारिस भएको छ ।

यी हुन् नेकपाका उम्मेदवार

कोशी : खेमराज सुन्दास, हेमराज घिमिरे,नमिता न्यौपाने

मधेश : रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान, समिकुमारी अग्रवाल 

बागमती : प्रेमप्रसाद सापकोटा, सरोज कुमारी झा

गण्डकी :  कपिल लामा

लुम्बिनी : दुर्गा भण्डारी, वृहस्पति अधिकारी, सर्जन विक

कर्णाली : बुद्धिप्रसाद शर्मा, अन्जु महतारा

सुदूरपश्चिम : टीकाराम जैशी, रोजी बस्नेत सुनार

कान्तिपुर संवाददाता

Link copied successfully