लुभुलामाटारसिथित लिङ्देन निवासमा भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
ललितपुर — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
लुभुलामाटारसिथित लिङ्देन निवासमा भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
उनका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्ध देखिएको छ ।
निर्वाचनको वातावरणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुसँग निवासमै पुगेर भेटवार्ता गरेका थिए ।