रास्वपाका ७ चर्चित उम्मेदवार पछि हटे

पार्टीभित्र र बाहिर नातावाद तथा पारिवारिक सम्बन्धलाई लिएर आलोचना चर्किंदै आएको थियो । सोही पृष्ठभूमिमा सातै जनाले सूचीबाट नाम हटाउने निर्णय गरेको बताएका छन् ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

7 popular RSVP candidates withdraw

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा समावेश व्यक्तिहरूले नाम फिर्ता लिने क्रम बढेको छ । बुधबार 'बालेन्द्र टिम'बाट सिफारिस भएकी सिर्जना वलीसँगै उम्मेद्वारी फिर्ता लिनेको संख्या सात पुगेको छ ।

गत पुस २१ गते रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेले सामाजिक सञ्जालमार्फत आफुले उम्मेदवारी फिर्ता लिएको बताएका थिए । 

यसअघि बन्दसूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ शाह, उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकाल र कुलमान टिमका महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा विभिन्न क्षेत्रका चर्चित अनुहार पनि समेटिएका थिए । पार्टीभित्र र बाहिर नातावाद तथा पारिवारिक सम्बन्धलाई लिएर आलोचना चर्किंदै आएको थियो । सोही पृष्ठभूमिमा सातै जनाले सूचीबाट नाम हटाउने निर्णय गरेको बताएका छन् ।

कान्तिपुर

Link copied successfully