बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ ।
काठमाडौँ — नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।
बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच निरन्तर छलफल भए पनि तिनै दल कुनै टुङ्गोमा पुग्न सकेका छैनन् ।
यस्तै आजको बैठकमा नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने बताइएको छ ।