केन्द्रीय कमिटी घोषणा र शपथ कार्यक्रम पुस २९ मा हुने नेकपा प्रवक्ता अग्रिप्रसाद सापकोटाले जानकारी दिए । १७ घटक एकतापछि बनेको केन्द्रीय समिति करिब २५०० हुनेछ ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको घोषणा र शपथग्रहण कार्यक्रम यही पुस २९ गते हुने भएको छ ।
केन्द्रीय कमिटी घोषणा र शपथ कार्यक्रम पुस २९ मा हुने नेकपा प्रवक्ता अग्रिप्रसाद सापकोटाले जानकारी दिए । १७ घटक एकतापछि बनेको केन्द्रीय समिति करिब २५०० हुनेछ । केन्द्रीय कार्यसमिति भने ६०१ सस्यीय हुनेछ ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकले केन्द्रीय कमिटीभित्रका संरचनाहरुको पनि निर्माण गर्ने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।
माओवादी, एकीकृतलगायत दलबीच कात्तिक १९ मा एकीकरण भए पनि संगठन समायोजन भएको छैन ।
