बैठकमा राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने
काठमाडौँ — नेकपाका संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधवकुमार नेपालले परामर्श बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा केहीबेर अघिदेखि बैठक जारी छ ।
बैठकमा राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने नेकपाका नेताहरूले बताएका छन् । बैठकमा नेकपासँगको एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरू उपस्थित छन् ।
