कांग्रेस, एमाले र नेकपाका नेताहरूबीच मंगलबार बिहान भएको छलफलमा नेकपाले चार सिटको दाबी गरेको थियो ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभामा सम्मानजनक सिट पाएमा कांग्रेस र एमालेसित गठबन्धन गर्ने निष्कर्ष निकालेको छ ।
नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभामा सम्मानजनक सिट पाएमा कांग्रेस एमालेसित गठबन्धन गर्ने निष्कर्ष निकालेको छ । नेकपाको केन्द्रीय परामर्श समितिको बैठकले मतभारका आधारमा राष्ट्रिय सभामा सिट पाउनुपर्ने प्रस्ताव कांग्रेस, एमालेसँग गरेको छ । कांग्रेस, एमाले र नेकपाका नेताहरूबीच मंगलबार बिहान भएको छलफलमा नेकपाले चार सिटको दाबी गरेको थियो । नेकपाका एक नेताका अनुसार सम्मानजनक पद पाउने विषयमा कांग्रेस, एमालेबीच करिब सहमति भएको र त्यसको टुंगो बुधबार लगाइने बताए ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक पुष्पकमल दाहालले राष्ट्रिय तथा निर्वाचनमा गर्नुपर्ने आवश्यकताबारे धारणा राखेका थिए। त्यस्तै, सहसंयोजक माधवकुमार नेपालले पनि अहिलेको अवस्थामा सहकार्य गर्ने विषयमा सहमति नजिक पुगेको बताएका थिए ।
