सर्लाहीका ४ क्षेत्रमा जसपा नेपालले गर्‍यो ९ जनाको नाम सिफारिस 

रामपृत पासवान सर्लाही ३ र ४ दुवैबाट सिफारिस

पुस २२, २०८२

कान्तिपुर संवाददाता

JSP Nepal recommends names of 9 candidates for 4 constituencies in Sarlahi

काठमाडौँ — जसपा, नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीमा ९ जनाको नाम सिफारिस गरेको छ । सर्लाहीको ४ निर्वाचन क्षेत्रलाई समेटेर प्रत्यक्षतर्फ कुल ९ जना उम्मेदवारको नाम सिफारिस भएको हो । 

जसपा नेपाल सर्लाही जिल्ला समितिले निर्वाचन क्षेत्र नं. १ बाट सञ्जय कुमार पासवान, रामविश्वास राय र सुधिरकुमार यादवलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

सर्लाहीको क्षेत्र नं. २ बाट भरत चौधरी एकल सिफारिस भएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्षसमेत रहेका मनोज कुमार यादव रायसहित रामपृत पासवान, डा. जयप्रकाश यादव र विनोद यादवलाई सिफारिस गरिएको छ। 

यसैगरी, क्षेत्र नं. ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

कान्तिपुर

Link copied successfully