न्यायालयको मिसिल जलेको छ, इमान र निष्ठा जलेको छैन : प्रधानन्यायाधीश राउत

सामाजिक सञ्जालमा अराजक अभिव्यक्तिहरू बढ्दै गर्दा न्यायालयमा भने इमान र निष्ठाको ज्योति ननिभेको उनले बताए ।

पुस २१, २०८२

लक्ष्मी साह

The judiciary's image has been burned, but its integrity and honesty have not: Chief Justice Raut

काठमाडौँ — सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालतको मिसिल जलेको छ, तर न्याय सम्पादन गर्ने इमान र निष्ठा नजलेको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको ‘काठमाडौं स्कुल अफ ल’ भक्तपुरको २६ औँ वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि रहेका उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘म निःसन्देह भन्दै आएको छु, न्यायालयको मिसिल जलेको छ तर न्याय सम्पादन गर्ने इमान र निष्ठा जलेको छैन । सामाजिक सञ्जालमा आपत्तिजनक र अराजक अभिव्यक्तिहरू फैलिरहेका छन् ।’

आफ्नो नाम प्रकाश भए पनि आफू अस्ताउँदै गएको प्रकाश भएको उनले बताए । ‘धन बाँडेर सकिन्छ तर ज्ञान बाँडेर सकिँदैन,’ उनले भने, ‘केएस कलेजले शिक्षा र ज्ञानमा प्रशंसनीय योगदान गरिरहेको छ ।’

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully