रास्वपाको केन्द्रीय समितिको बैठक सुरु

केन्द्रीय सचिवालय बैठकलगत्तै केन्द्रीय समिति बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

RSVP Central Committee meeting begins

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

केन्द्रीय सचिवालय बैठकलगत्तै केन्द्रीय समिति बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा एकीकरणमा आएका नेता तथा पार्टीहरुलाई समावेश गर्ने, समानुपातिक सूचीलगायतबारे छलफल हुने छ ।

यो बैठकले बालेन र कुलमान पक्षका नेतालाई कसरी जिम्मेवारी दिने भन्नेबारे निर्णय गर्ने छ । आजको बैठकमा कुलमान र बालेन पक्षका नेताहरु नभएको प्रवक्ता झाले बताए ।

कान्तिपुर

Link copied successfully