एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहालबीच भेटवार्ता

निर्वाचनको वातावरण बनाउने विषयमा कुराकानी केन्द्रित

पुस २०, २०८२

कान्तिपुर संवाददाता

Meeting between UML Chairman Oli and NCP Coordinator Dahal

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आइतबार ललितपुरको च्यासलमा भएको भेटवार्तामा निर्वाचनको वातावरण बनाउने विषयमा कुराकानी केन्द्रित भएको दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। 

त्यसबाहेक दुई नेताबीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने विषयमा पनि छलफल भए पनि त्यसबारेमा टुङ्गो लागिसकेको छैन। प्रतिनिधिसभाको निर्वाचन हुनुअघि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।

संयोजक दाहालले फागुन २१ को निर्वाचनमा प्रमुख सबै दलले संविधानलाई सही दिशामा ल्याउनुपर्ने प्रस्ताव राखेका थिए। भेटमा ओलीले सरकार नै निर्वाचनको वातावरण बनाउन तयार नभएको नेताहरूमाथि लगाएको स्थानहद काम राखेको अवस्थामा निर्वाचन सहज नभएको बताएका थिए।

कान्तिपुर संवाददाता

Link copied successfully