कांग्रेस, एमाले, नेकपा मिलेर जान गृहकार्य भइरहेको छ : लेखराज भट्ट

‘नेतृत्वका बीचमा छलफल चलिरहेको छ । सम्पर्क गाढा भइरहेको छ । राजनीति हो, सम्भावनालाई नकार्न सकिँदैन ।’ - लेखराज भट्ट

पुस २०, २०८२

अर्जुन शाह

Homework is being done to unite Congress, UML, and NCP: Lekhraj Bhatta

काठमाडौँ — एमाले उपमहासचिव लेखराज भट्टले गणतन्त्र पक्षधर राजनीतिक दलहरु एकभएर निर्वाचनमा जान छलफल चलिरहेको बताएका छन् ।

आइतबार कांग्रेस, एमाले र नेकपा मिलेर चुनावमा जाने सम्भावना छ कि भन्ने प्रश्नमा उनले भने, ‘नेतृत्वका बीचमा छलफल चलिरहेको छ । सम्पर्क गाढा भइरहेको छ । राजनीति हो, सम्भावनालाई नकार्न सकिँदैन ।’ 

सकेसम्म गणतन्त्र पक्षधरहरुले संविधानको रक्षाका लागि मिल्नुपर्छ भन्नेमा एमालेको जोड रहेको उनले बताए । 

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आइतबार ललितपुरको च्यासलमा भएको भेटवार्तामा निर्वाचनको वातावरण बनाउने विषयमा कुराकानी केन्द्रित भएको दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully