विवेकशील साझाबाट एकतामा आएका ७ जनालाई रास्वपामा केन्द्रीय सदस्यको जिम्मेवारी

विवेकशील साझाबाट एकतामा आएकाहरूलाई आजको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

7 people who joined the unity from Bibeksheel Sajha have been appointed as central members of the Rashtriya Swayamsevak Sangh (RSS).

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८ औं केन्द्रीय समिति बैठकले पार्टी समायोजनपश्चात आइतबार ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

आज मनोनयन भएका केन्द्रीय समिति सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेको पार्टीका प्रवक्ता मनिष झाले बताए ।

विवेकशील साझाबाट एकतामा आएकाहरूलाई आजको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो ।

रास्वपाको केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा केन्द्रीय समितिको बैठक सुरु भएको छ । केन्द्रीय सचिवालय बैठकलगत्तै केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा एकीकरणमा आएका नेता तथा पार्टीहरुलाई समावेश गर्ने, समानुपातिक सूचीलगायतबारे छलफल भइरहेको छ ।

सम्बन्धित समाचार 

रास्वपा र विवेकशील साझाबीच भयो एकता

कान्तिपुर

Link copied successfully