तोकिएको मितिमा निर्वाचन हुन्छ भन्नेमा अझै विश्वस्त छैनौं : विष्णु पौडेल

शनिबार बुटवलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

पुस १९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्ने कुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन् ।

शनिबार बुटवलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् । 

निर्वाचनको कामलाई सरकारले राम्रोसँग अघि बढाउनपर्ने उपाध्यक्ष पौडेलको भनाइ थियो । उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लाग्न सरकारलाई सचेत पनि गराए ।

‘तोकिएको मितिमा निर्वाचन हुन्छ भन्ने कुरामा हामी अझै पनि विश्वस्त हुन सक्दैनौँ । किनभने निर्वाचन तोकिएकै मितिमा होस् तर भयरहित वातावरणमा निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन होस् । सबै मतदाताहरुले निर्भयताका साथ निर्वाचनमा भाग लिन सकून्,' उनले भने ।

उनले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गराउनका लागि गर्नुपर्ने मुख्य मुख्य कामहरुमा सरकारको ध्यान नगएको जिकिरसमेत गरे । 'सबै राजनीतिक दलहरुले निर्वाचनमा प्रतिस्पर्धा गर्न सकून् भन्ने हाम्रो चाहना हो । तर त्यो चाहना पूरा गर्नुपर्ने हिसाबले गर्नुपर्ने कामहरु अहिले पनि भइरहेका छैनन । सरकारले निर्वाचनको तयारी राम्रोसँग अघि बढाओस् । निर्वाचनसँग जोडिएका यावत् कामहरु राम्रो अघि बढाओस्,' उनले भने ।

उपाध्यक्ष पौडेलले एमाले निर्वाचनको पक्षमा सधैं रहेकोसमेत बताए ।

कान्तिपुर

Link copied successfully