प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले गोरखा–२ बाट मिलन गुरुङ, बाबुराम थापा र शशिकला पोखरेलको नाम औपचारिक सिफारिस गरेको छ।
गोरखा — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले गोरखा–२ मा मिलन गुरुङ (चक्रे मिलन)सहित ३ जनाको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले गुरुङसहित ३ जनाको नाम सिफारिस गरेको एमालेका जिल्ला सचिव काजिराम रोकाले बताए ।
गोरखा–२ मा मिलन गुरुङ, बाबुराम थापा र शशिकला पोखरेलको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिले निर्णय गरेको नाम जिल्ला कमिटीले रायसहित प्रदेश कमिटीमा सिफारिस गर्ने उनले बताए ।
क्षेत्र नम्बर १ को भने बैठक जारी रहेकाले केहीबेरमा निर्णय हुने पनि उनले बताए ।
