संशोधन गर्ने विषय केन्द्रीय कार्यसमिति वा केन्द्रीय कार्यसम्पादन समितिको संस्थागत निर्णयका आधारमा हुनुपर्ने उनको भनाइ छ ।
काठमाडौँ — कांग्रेस संस्थापन पक्षका केही नेताहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विधानविपरीत आफूखुसी १५औं महाधिवेशनको कार्यतालिका स्थगन गरेको विषय गम्भीर भन्दै आपत्ति जनाएका छन् ।
सहमहामन्त्री महेन्द्र यादवले महामन्त्रीहरूले गरेको निर्णय गम्भीर रहेको बताए ।'केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आएको कार्यतालिका केन्द्रीय कार्यसमितिको बैठकले मात्रै स्थगन गर्न सक्छ। महामन्त्रीहरूको निर्णयबाट स्थगन हुँदैन,' उनले भने, 'विशेष महाधिवेशन बोलाउने अधिकार महामन्त्रीहरूलाई छैन ।'
संशोधन गर्ने विषय केन्द्रीय कार्यसमिति वा केन्द्रीय कार्यसम्पादन समितिको संस्थागत निर्णयका आधारमा हुनुपर्ने उनले बताए । 'महामन्त्रीहरूले आफूखुसी निर्णय गरेर स्थगन गरेको विज्ञप्ति निकाल्नु गम्भीर हो,' यादवले भने ।
