मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीले खोले राष्ट्र निर्माण दल

पार्टी घोषणा कार्यक्रममा बोल्दै अन्सारीले राष्ट्र निर्माण दल अन्य राजनीतिक दलभन्दा फरक विचार र उद्देश्यका साथ अघि बढ्ने दाबी गरे ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Former Muslim Commission Chairman Ansari launches Nation Building Party

काठमाडौँ — मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गरिएको हो ।

पार्टी घोषणा कार्यक्रममा बोल्दै अन्सारीले राष्ट्र निर्माण दल अन्य राजनीतिक दलभन्दा फरक विचार र उद्देश्यका साथ अघि बढ्ने दाबी गरे ।

Former Muslim Commission Chairman Ansari launches Nation Building Partyपार्टीको मुख्य लक्ष्य जनताको हित र राष्ट्र निर्माणमा केन्द्रित रहने उनको भनाइ छ । उनले पार्टी कुनै व्यक्तिगत स्वार्थ वा फाइदाका लागि गठन नगरिएको स्पष्ट पार्दै सबै भूगोल, जातजाति र समुदायलाई समेटेर समावेशी बनाइएको जिकिर गरे ।

पार्टीको चुनाव चिह्न पानीको बोतल प्रस्ताव गरिएको छ ।  ‘अन्य पार्टीको तुलनामा यो पार्टीको फरक विचार छ । यो पार्टीको उद्देश्य जनताको हितमा काम गर्ने हो । देशको हितमा काम गर्ने, राष्ट्रको निर्माणका लागि काम गर्ने हो । कुनै व्यक्तिगत स्वार्थ र व्यक्तिगत फाइदाका लागि पार्टी गठन गरिएको होइन । हामी सबै भूगोल, सबै जातजाति र सबै समुदायलाई समेटेर पार्टीलाई समावेशी बनाएका छौँ,’ उनले भने । 

Former Muslim Commission Chairman Ansari launches Nation Building Partyअन्सारीले छिमेकी मुलुकहरूसँगको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउँदै उनीहरूको सहयोगमा देशको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully