प्रतिनिधिसभा चुनावका लागि काठमाडौं-५ मा नेकपाबाट ५ जनाको नाम सिफारिस

सिफारिस भएका नाम : रोशन थापा, दीपक केसी, कल्पना शर्मा, फुर्बा लामा र जनक ढुंगाना

पुस १६, २०८२

कान्तिपुर संवाददाता

NCP recommends names of 5 candidates for Kathmandu-5 for the House of Representatives elections

काठमाडौँ — नेकपाले फागनु २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौं-५ बाट ५ जनाको नाम सिफारिस गरेको छ । पार्टीको क्षेत्रीय समितिले तत्कालीन नेकपा एसको भ्रातृ संगठन युवा संघका संयोजक रोशन थापालगायत ५ जनाको नाम सिफारिस गरेको हो ।

उक्त क्षेत्रबाट सिफारिस हुनेमा दीपक केसी, कल्पना शर्मा, फुर्बा लामा छन् । त्यस्तै नवयुवा क्लस्टरबाट जनक ढुंगाना सिफारिस भएका छन् । यसअघि २०७९ मा काठमाडौं-५ मा कांग्रेसका प्रदीप पौडेल विजयी भएका थिए । 

कान्तिपुर

Link copied successfully