‘चुनावमा एमाले कांग्रेसबाहेकले सरकार बनाउँछ ? संभव यो कुरा हो ?’ ओलीले भने, ‘यस्तो कुरा पत्याएर प्रधानमन्त्री हुन लाग्ने ?’
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल निर्वाचनमा भाग लिने तयारीमा भए पनि निर्वाचनको वातावरण बनिनसकेको बताएका छन् ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा उनले राजनीतिक दललाई लखेट्ने काम भइरहेकाले चुनावको वातावरण नबनेको बताए ।
‘चुनावी वातावरण बनेको छैन । राजनीतिक नेताहरुलाई लखेट्ने काम भइरहेको छ । हिजो ‘सोकल्ड’ आयोगले पूर्वगृहमन्त्रीलाई बयान लियो । बदनाम गर्यो । हल्ला सुन्या छु । प्रधानमन्त्रीसँग पनि बयान लिइन्छ,’ उनले भने, ‘यो चुनावको वातावण बनेको हो र ? पासपोर्ट रोक्का यो तमासा के हो ?’
उनले चुनाव हुने वातावरण भए कांग्रेस एमालेको सरकार बन्ने बताए । ‘चुनावमा एमाले कांग्रेसबाहेकले सरकार बनाउँछ ? संभव यो कुरा हो ?’ उनले भने, ‘यस्तो कुरा पत्याएर प्रधानमन्त्री हुन लाग्ने ?’
