कांग्रेसले अझै बुझाएन समानुपातिकको ‘फाइनल’ सूची

कांग्रेसले सूचीका लागि निस्सा लिइसके पनि फाइनल सूची भने अहिलेसम्म बुझाउन सकेको छैन ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Congress has not yet submitted the 'final' list of proportional representation

काठमाडौँ — आगामी निर्वाचनका लागि हिजो सोमबार सामानुपातिकतर्फको अन्तिम सूची बुझाउनेपर्ने भए पनि नेपाली कांग्रेसले मंगलबारसम्म पनि बुझाउन सकेको छैन । 

सोमबार रातिसम्म दलहरुले आ–आफ्ना तर्फबाट सूची बुझाएका थिए । कांग्रेसले सूचीका लागि निस्सा लिइसके पनि सूची भने अहिलेसम्म बुझाउन सकेको छैन । 

कांग्रेसका सहमहामन्त्री जीवन परिवारले मंगलबार बिहान ९ बजेसम्म फाइनल सूची बुझाइनसकेको पुष्टि गरे । केही क्लस्टरहरुमा उम्मेदवार टुंग्याउन बाँकी रहेकाले सूची बुझाउन नसकेको उनको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully