रवि–बालेन्द्रबीच छलफल चलिरहँदा कुलमानलाई लिएर पुगे सुधन

तीनै जना एक ठाउँमा हुनुपर्ने भन्दै सुधनले बौद्धमा रहेको एक होटलमा समानुपातिक सूची बनाइरहेका कुलमानलाई आफ्नो गाडीमा राखेर रवि–बालेन्द्र भए ठाउँमा लगेका हुन् ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

While discussions were going on between Ravi and Balendra, Sudhan arrived with Kulman.

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेता बालेन्द्र शाहबीच छलफल चलिरहेको ठाउँमा काउन्सिल अफ जेनजीका सुधन गुरुङले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई लगेको पाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेता बालेन्द्र शाहबीच छलफल चलिरहेको ठाउँमा काउन्सिल अफ जेन–जीका सुधन गुरुङले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई लगेको पाइएको छ ।

तीनै जना एक ठाउँमा हुनुपर्ने भन्दै उनले बौद्धमा रहेको एक होटलमा समानुपातिक सूची बनाइरहेका कुलमानलाई आफ्नो गाडीमा राखेर रवि–बालेन्द्र भए ठाउँमा लगेका हुन् ।

रास्वपा स्रोतका अनुसार, कुलमानलाई अहिले समानुपातिक सूचीमा १० प्रतिशत हिस्सा लिएर एकतामा आउन भनिएको छ । तर, कुलमानले चाहिँ ३० प्रतिशत मागेका छन् । बालेन्द्र पक्षलाई ४० प्रतिशत दिने सहमति भइसकेको छ ।

‘अहिले एकठाउँमा उभिन कुलमानजी पनि सकरात्मक हुनुहुन्छ, मध्यविन्दु भेटियो भने उहाँहरु आजै एकठाउँमा आउनु हुन्छ,’ स्रोतले भन्यो । दलहरुलाई समानुपातिकको सूची बुझाउन आजै अन्तिम दिन हो ।

रास्वपाले आन्तरिक निर्वाचन गरेर सूची तयार पारेको छ भने बालेन्द्र पक्षले पनि छुट्टै सूची बनाएको छ । दुवै पक्षको सूचीलाई जोडेर निर्वाचन आयोगमा बुझाउने तयारी छ ।

‘नम्बरको कुरामा चाहिँ दुई नेता बसेर टुंग्याउने कुरा भएको छ,’ ती नेताले भने । कुलमान पक्षले पनि छुट्टै सूची बनाइरहेको थियो ।

कान्तिपुर

Link copied successfully