प्रत्यक्षतर्फ रावलसहित ८ जनाको नाम सिफारिस गरिएको छ ।
काठमाडौँ — नेकपाले अछाम निर्वाचन क्षेत्र नं.१ बाट भीम रावललाई सिफारिस गरेको छ । प्रत्यक्षतर्फ रावलसहित ८ जनाको नाम सिफारिस गरिएको छ ।
त्यस्तै रावलसहित मदन भुल, कुलबहादुर कुँवर, लोकबहादुर बोहरा, शिवसुन्दर शाही, सरस्वती रावल र 'नवयुवा' समूहबाट चन्द्र भण्डारी र पुष्प साउदको नाम सिफारिस गरिएको छ ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावल अछाम निर्वाचन क्षेत्र नं.१ बाट २०५१, २०७० र २०७४ सालमा निर्वाचित भएका थिए । २०७९ सालमा अछाम-१ बाट एकल सिफारिस भए पनि एमाले अध्यक्ष ओलीले टिकट दिएका थिएनन् । उनको साटो झपट बोहरालाई एमालेले उठाएको थियो ।
अघिल्लो चुनावमा अछाम-१, नेकपा एसका नेता शेरबहादुर कुँवरले चुनाव जितेका थिए । अछाम-१ मा २०६४ सालदेखि कम्युनिस्ट पार्टीले निरन्तर जित्दै आएको छ ।
