राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल हुने

पुस १३, २०८२

कान्तिपुर संवाददाता

RPP's Central Performance Committee meeting called

काठमाडौँ — राप्रपाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न यही पुस १४ गते बस्नेगरी बैठक अह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

 'बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल हुनेछ,' उनले भने । 

कान्तिपुर

Link copied successfully