रवि-बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैन : कांग्रेस उपसभापति गुरुङ

'बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । को-को मिल्छन्, को-को जुट्छन्, को-को फुट्छन् । राजनीतिक यात्रामा यो भइरहने हो ।'-गुरुङ

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Ravi-Balen's agreement should not be considered strange: Congress Vice President Gurung

काठमाडौँ — कांग्रेस उपसभापति धनराज गुरुङले रास्वपा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीचको मिलन कुनै अनौठो नभएको प्रतिक्रिया दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गुरुङले रास्वपा सभापति रवि लामिछाने र साहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताएका हुन् । 

राजनीतिमा को-को जुट्छन् र को-को फुट्छन् भन्नेकुरा कांग्रेसलाई चासोको विषयको नभएको पनि उपसभापति गुरुङको भनाइ छ ।

के भन्छन् गुरुङ ?

बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । को-को मिल्छन्, को-को जुट्छन्, को-को फुट्छन् । राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नुपर्दैन । राजनीतिमा सबै चुनौतीहरू हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । 

राजनीति भनेको चुनौती हो । हरेक चुनौतीको सामना गर्न तयार भएको कांग्रेसले राणाकालीन चुनौती, पञ्चायती चुनौती फेस गरेको कारणले अब अहिले आएर को-को मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।

कान्तिपुर संवाददाता

Link copied successfully