कांग्रेस सुध्रिएन भने चारैतिर चुनौती नै चुनौती छ : नेता केसी

हामी सुध्रियौँ भने गाउँगाउँसम्म संगठन छ, इतिहासमा गरेका योगदान, विकासका कुराहरूलाई अब सुधार गर्छौं भनेर जाँदा जुनसुकै शक्ति आए पनि कांग्रेसले कसैको वैशाखी टेकेर हिँड्नुपर्दैन : नेता केसी

पुस १३, २०८२

कान्तिपुर संवाददाता

If Congress does not improve, there will be challenges everywhere: Leader KC

काठमाडौँ — कांग्रेस नेता अर्जुननरसिंह केसीले  सुध्रिने हो भने कांग्रेसले कसैको भर पर्नु नपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नसुध्रिए कांग्रेसलाई चारैतितर चुनौती नै चुनौती रहेको नेता केसीले टिप्पणी गरेका हुन् । 

कांग्रेस आफैं लोकतन्त्रको संरक्षक, संवाहक भएको पनि उनको भनाइ छ । उनले भने, ‘हामी सुध्रिएनौँ भने त चारैतिर चुनौती नै चुनौती छ । हामी सुध्रियौँ भने गाउँगाउँसम्म संगठन छ, इतिहासमा गरेका योगदान, विकासका कुराहरूलाई अब सुधार गर्छौं भनेर जाँदा जुनसुकै शक्ति आए पनि कांग्रेसले कसैको वैशाखी टेकेर हिँड्नुपर्दैन ।’

कान्तिपुर

Link copied successfully