एकताका लागि उनेपा र प्रलोपाबीच छलफल हुँदै

बालेन्द्र शाह र रवि लामिछानेसँगको एकतामा छुटेका उज्यालो नेपालका नेता कुलमान घिसिङले अरु वैकल्पिक शक्तिसँग संवाद थालेका हुन् ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Discussions underway between UNEPA and PROLOPA for unity

काठमाडौँ — एकताका विषयमा उज्यालो नेपाल पार्टी(उनेपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बीच छलफल हुँदैछ । प्रलोपाकी नेता मानुषी यमि भट्टराईका अनुसार सहकार्य गर्ने विषयमा छलफल हुन लागेको हो ।

‘उज्यालो नेपाल र प्रलोपाबीच सम्भावित सहकार्यबारे छलफल हुन लागेको हो,’ उनले भनिन् ।

बालेन्द्र शाह र रवि लामिछानेसँग एकतामा छुटेका उज्यालो नेपालका नेता कुलमान घिसिङले अरु वैकल्पिक शक्तिसँग संवाद थालेका छन् ।

आइतबार पोखरामा सहकार्यका लागि छलफल भइरहेको भट्टराईले बताइन् । उनले भनिन्, ‘उज्यालो नेपाल पार्टी सधैं सम्मानजनक र आत्मसम्मानयुक्त उपस्थिति राख्दै, आफ्नो सम्मानलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ । सहकार्य गरेरै अघि बढ्ने हो । यसतर्फ धेरै कुराहरू भइरहेका छन् ।’

कान्तिपुर संवाददाता

Link copied successfully