कार्यकाल सकिएपछि उपसभामुख रानाले संसद् सचिवालयलाई बुझाइन् गाडी

ट्याक्सी चढेर सिंहदरबारबाट निस्किइन्

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Deputy Speaker Rana hands over vehicle to Parliament Secretariat after term ends

काठमाडौँ — उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् ।  आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् । 

उपसभामुख रानाले दुइटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् । त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् । 

संविधानअनुसार उम्मेदवार दाखिला अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा समानुपातिकतर्फको बन्दसूची बुझाएपछि मनोनयन दाखिला भएको मानिने उल्लेख छ ।

निर्वाचन आयोगका अनुसार आजदेखि समानुपातिक बन्दसूची बुझाउने समय सुरु भएको छ ।  पुस १४ गतेसम्म बन्दसूची बुझाउने समय छ ।

कान्तिपुर

Link copied successfully