निर्वाचनका लागि आवश्यक वातावरण बनाउने सिलसिलामा प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल सुरु गरेकी छिन् ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छिन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा कार्कीले आगामी चुनावबारे शीर्ष नेतासँग छलफल गरेकी हुन् ।
छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल छन् । बालुवाटार स्रोतका अनुसार तीनै शीर्ष नेता आगामी फागुन २१ मा चुनावमा जान तयार छन् । चुनावसँगै राजनीतिक कुराकानी पनि भइरहेको छ ।
उनीहरूबीच छलफल चलिरहेको छ ।
एमालेका अध्यक्ष ओली जेन-जी आन्दोलनपछि पहिलोपटक बालुवाटार गएका हुन् । जेनजी आन्दोलनमा ओली प्रधानमन्त्री थिए ।
