देउवा, ओली र दाहाललाई भेटेपछि सञ्चारमन्त्री भन्छन् : ढुक्क हुनुस्, फागुन २१ मै चुनाव हुन्छ

एमाले अध्यक्ष ओलीमाथि लगाइएको स्थानहद पुनर्विचार गर्ने कुरामा पनि सरकार सकारात्मक रहेको भनाइ

पुस ११, २०८२

कान्तिपुर संवाददाता

After meeting Deuba, Oli and Dahal, the Minister of Communications says: Rest assured, elections will be held on Falgun 21

What you should know

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताएका छन् । 

शुक्रबार कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूसँगको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री खरेलले तीनवटै दलका निर्वाचनमा जान तयार रहेको बताएका हुन् ।

मन्त्री खरेलले कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावको विकल्प छैन, संसद् पुन:स्थापना आफूहरूको मुद्दा नभएको कुरामा जोड दिएको बताए । 

After meeting Deuba, Oli and Dahal, the Minister of Communications says: Rest assured, elections will be held on Falgun 21त्यस्तै नेकपा संयोजक पुष्पकमल दाहालले निर्वाचनको अर्को विकल्प नरहेको बताएको पनि मन्त्री खरेलले बताए । जसरी पनि निर्वाचनमा जानुपर्ने र फागुन २१ मै हुनुपर्ने दाहालले जोड दिएको उनको भनाइ छ ।  

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले सुरक्षालगायत सबै वातावरण सहज बनाउनुपर्नेमा जोड दिएको मन्त्री खरेलले जानकारी दिए ।

After meeting Deuba, Oli and Dahal, the Minister of Communications says: Rest assured, elections will be held on Falgun 21'एमाले चुनावको पक्षमा छ, एमाले निर्वाचनबाट भाग्दैन भन्नुभएको छ, सुरक्षा चुनौती छ, वातावरण बनाउनुपर्‍यो भन्ने जुन कुरा उहाँले राख्नुभयो ती सबै  सरकारले सम्बोधन गर्छ । सरकारले चुनावको वातावरण बनाउँछ,' उनले भने । 

राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले निर्धक्क भएर उम्मेदवारलाई जनताको घरदैलोमा मत माग्न जाने र मतदातालाई निर्धक्क भएर मतदान गर्न सक्नेगरी सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको ओलीलाई जानकारी गराएका थिए ।

After meeting Deuba, Oli and Dahal, the Minister of Communications says: Rest assured, elections will be held on Falgun 21एमाले अध्यक्ष ओलीमाथि लगाइएको स्थानहद पुनर्विचार गर्ने कुरामा पनि सरकार सकारात्मक रहेको उनको भनाइ छ । निर्वाचनका लागि सबै तयारी भइरहेको र दलहरू पनि पूर्ण रूपमा प्रतिबद्ध भएकाले फागुन २१ मा चुनाव हुने कुरामा ढुक्क मन्त्री खरेलले आग्रह गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully