दुलाल अहिले बागमती प्रदेशसभा सदस्य हुन् । उनी यसअघि बागमती सरकारका मन्त्रीसमेत बनेका थिए ।
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चोक-२ मा नेकपाबाट युवराज दुलालको नाम सिफारिस भएको छ । नेकपाको क्षेत्रीय कमिटीले बिहीबार दुलालको नाम सिफारिस गरेको हो ।
दुलाल अहिले बागमती प्रदेशसभा सदस्य हुन् । उनी यसअघि बागमती सरकारका मन्त्रीसमेत बनेका थिए । तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका उनी दुई कार्यकालका लागि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
त्यसैगरी नेकपाले सिन्धुपाल्चोक-१ बाट माधव सापकोटाको नाम सिफारिस गरेको छ । २०७९ मा उनी सिन्धुपाल्चोक-१ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
