नेकपाद्वारा सिन्धुपाल्चोक-१ बाट माधव सापकोटाको एकल नाम सिफारिस 

सापकोटा २०७९ मा त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

NCP recommends Madhav Sapkota's single name from Sindhupalchowk-1

काठमाडौँ — नेकपाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ सिन्धुपाल्चोकबाट आगामी निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस गरेको छ । नेकपाको क्षेत्र १ नं.  क्षेत्रीय समितिको बैठकले सापकोटाको मात्रै नाम सिफारिस गरेको हो ।

पूर्व सांसदद्वय राजकुमार श्रेष्ठ र सिंहबहादुर विश्वकर्माको प्रस्ताव र बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलको समर्थनमा उनको नाम सिफारिस गरिएको माओवादीले जनाएको छ ।

सापकोटा २०७९ मा त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

कान्तिपुर

Link copied successfully