चिसोबाट प्रभावितहरुलाई सहयोग गर्न नेकपाका संयोजक दाहालको अपिल

संयोजक दाहालले बिहीबार एक अपिल जारी गर्दै चिसोका कारण खासगरी समाजका गरीब तथा सिमान्तकृत वर्गका जनता बढी पीडित भएका बताउँदै उनीहरुलाई तत्काल सहयोग पुर्‍याउन सम्बद्ध सबैमा अनुरोध गरेका छन् ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

NCP Coordinator Dahal appeals to help those affected by cold

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मौसममा आएको परिवर्तनसँगै तराई–मधेसमा शीतलहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेको बताएका छन् । 

संयोजक दाहालले बिहीबार एक अपिल जारी गर्दै चिसोका कारण खासगरी समाजका गरीब तथा सिमान्तकृत वर्गका जनता बढी पीडित भएका बताउँदै उनीहरुलाई तत्काल सहयोग पुर्‍याउन सम्बद्ध सबैमा अनुरोध गरेका छन् । 

उनले मानवीय क्षति र स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्यका लागि तीनवटै तहका सरकारसँग अपिल गर्नुका साथै प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहतलगायतका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउन पार्टीका सम्बन्धित सबै समितिहरूलाई निर्देशन दिएका छन् ।

कान्तिपुर

Link copied successfully