राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Returning Officer appointed for National Assembly member election

काठमाडौँ — निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासहित निर्वाचनअधिकृत नियुक्त गरेको छ । आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

कोशी प्रदेशमा भीमराज प्रसाई, मधेशमा शुभनाथ पुरी, वाग्मतीमा गीता श्रेष्ठ,  गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई नियुक्त गरिएको छ । आगामी फागुन २० गतेदेखि रिक्त १९ पदमा निर्वाचन हुँदैछ । 

निर्वाचन कार्यक्रमअनुसा यही पुस १९ गते बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३:०० बजेदेखि ४:०० बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २३ गते बिहान १०:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १०:०० बजेदेखि अपराह्न १:०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १:०० बजेदेखि दिउँसो २:०० बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १०:०० बजेदेखि दिउँसो १:०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । सम्बन्धित मतदान केन्द्रमा बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म हुनेछ ।

Returning Officer appointed for National Assembly member election

कान्तिपुर

Link copied successfully