सिफारिस हुनेमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ, उपाध्यक्ष सुरेन्द्र बस्नेत, ठालुप्रसाद गौतम, दिपेनवाला राई र हरिमाया मैनाली छन् ।
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र नं ५ का लागि पाँचजनाको नाम सिफारिस गरेको छ ।
सिफारिस हुनेमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ, उपाध्यक्ष सुरेन्द्र बस्नेत, ठालुप्रसाद गौतम, दिपेनवाला राई र हरिमाया मैनाली छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको यो क्षेत्रमा माओवादीले प्रतिनिधिसभा उम्मेदवारका लागि नाम सिफारिस गरेको हो ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका तामाङ सोही क्षेत्रको कमल गाउँपालिका निवासी हुन् ।
सिफारिस भएका अर्का नेता सुरेन्द्र बस्नेत पनि नेकपाका केन्द्रीय सदस्य हुन् । दमक नगरपालिका निवासी बस्नेत राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष समेत हुन् ।
नेकपा झापा जिल्लामा क्रियाशील केन्द्रीय सदस्यहरुको बैठकको निर्णयबाट उपरोक्त सिफारिस गरिएको कार्यदल सदस्य झलकसिंह दर्लामीले बताए ।