सरकारले निर्वाचनको वातावरण बनाउँछ : सञ्चारमन्त्री खरेल

सञ्चारमन्त्री जगदीश खरेल र कानुनमन्त्री अनिलकुमार सिन्हाले मंगलबार कांग्रेस, एमाले र माओवादी पार्टी कार्यालयको अनुगमन गरेका थिए।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Government will create an environment for elections: Communications Minister Kharel

काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले सरकारले निर्वाचनको वातावरण बनाउने बताएका छन् ।  उनले नेकपाको केन्द्रीय अनुगमन गरेपछि संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी चुनावको वातावरण बनाउन प्रतिबद्ध रहेको बताएको जानकारी दिए । 

नेकपा संयोजक दाहालले पनि चुनावका लागि आफ्नो पार्टी पूर्ण प्रतिबद्ध रहेको बताएको मन्त्री खरेलले बताए ।

कांग्रेस चुनावमा जान तयार रहेको जानकारी दिँदै एमालेले पनि चुनावको लागि वातावरण बनाउन आग्रह गरेको र चुनावको वातावरण अनुसार भाग लिने बताएको मन्त्री खरेलको भनाइ छ । 

सञ्चारमन्त्री खरेल र कानुनमन्त्री अनिलकुमार सिन्हाले मंगलबार कांग्रेस, एमाले र माओवादी पार्टी कार्यालयको अनुगमन गरेका थिए।

भदौ २४ गते प्रदर्शनकारीहरूले प्रमुख तीन दलको कार्यालयमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully