विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न राप्रपाको सुझाव

राप्रपाका नेता राजेन्द्र गुरुङले विदेशमा रहेका नेपालीले पैसा नेपालमा पठाउन मिल्ने, तर भाेट हाल्न चाँहि किन नमिल्ने होला? भनी प्रश्न गरेका हुन्।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

RPP's suggestion to ensure voting rights of Nepalis living abroad

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा रहेका नेपालीहरूको पैसाचाँहि नेपाल आउन मिल्ने अनि भाेटचाँहि हाल्न किन नमिल्ने भनी प्रश्न उठाएको छ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय-सर्वपक्षीय बैठकमा बोल्दै राप्रपाका नेता राजेन्द्र गुरुङले विदेशमा रहेका नेपालीले पैसा नेपालमा पठाउन मिल्ने, तर भाेट हाल्न चाँहि किन नमिल्ने होला? भनी प्रश्न गरेका हुन्।

उनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने सुझाव राखे।

उनले फागुन २१ काे निर्वाचनमा प्रमुख दलहरूले शङ्का उपशंका सर्वदलीय बैठकमा पनि गरेको भन्दै उनले यसको सम्बोधन गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरे। दलमात्र नभई जेन-जीहरुकाे पनि असन्तुष्टि व्यक्त गरिरहेको अवस्थामा निर्वाचनमा कुनै असर पर्छ कि पर्दैन भनी जिज्ञासा राखे ।

उनले भदौ २३ र २४ काे परिवर्तनको चाहानालाई अपुरो र अधुरो राख्न नहुने भन्दै अधुरै राख्दा पुन विद्रोह हुनसक्ने बताए। उनले जेन-जी आन्दाेलन केवल फागुन २१ काे निर्वाचनका लागि मात्र नभएको भन्दै उक्त दिन खोजेको परिवर्तन पनि संस्थागत हुनुपर्ने दाबी गरे।

कान्तिपुर संवाददाता

Link copied successfully