१५औं महाधिवेशनबाट म कांग्रेस सभापति बन्छु, बन्न चाहन्छु : महामन्त्री थापा

म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु। अधिवेशन नेतृत्व नयाँ आउने कुरा मात्रै होइन, पार्टी नयाँ बनाउने समय पनि हो।- महामन्त्री थापा

पुस ७, २०८२

कान्तिपुर संवाददाता

I will become the Congress President from the 15th General Convention, I want to be: General Secretary Thapa

What you should know

काठमाडौँ — कांग्रेस महामन्त्री गगनकुमार थापाले १५ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको र सभापति बन्ने दाबी गरेका हुन् । 

महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको पनि उनको भनाइ छ । अहिले क्रियाशील सदस्यको काम पठाउन ढिलाइ गरिरहेकोबारे पनि उनले आपत्ति जनाए ।

महाधिवेशन समयमै गर्ने विश्वास आफूमा रहेको उनको भनाइ छ । महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि उनले बताए । जुनसुकै मूल्य चुकाउन आफू तयार रहेको तर महाधिवेशन निर्वाचनअघि हुनैपर्ने उनको भनाइ छ । 

यस्तो छ महामन्त्री थापाको घोषणा 

अहिले तलबाट क्रियाशील सदस्यको कामहरू हुँदै गर्दा ठाउँ–ठाउँबाट क्रियाशील सदस्य पठाइदिनुपर्ने कुरा जसरी भइराख्नुपर्ने हो, आइरहेको छैन। तर म कसैलाई दोष दिन्न, किनभने अझै गर्नसक्ने विश्वास छ। लागिरहेको छौँ। पत्रपत्रिकाहरू हेर्दा, अब यो भ्याइँदैन, गर्न सकिँदैन, पहिला राम्रो बाटोमा पानी लगाएर खन्याएको जस्तो अब बाटो हिलो छ, हिँड्न सकिँदैन भनेको जस्तो हो। मजाले बाटो ठीक थियो। समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो।

तर कताकतै अलिअलि त्यो स्मेल गरिरहेका छौँ। यो विषयमा पार्टीको लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ। हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ। म अहिले पार्टीको सभापतिको १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो। म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु। अधिवेशन नेतृत्व नयाँ आउने कुरा मात्रै होइन, पार्टी नयाँ बनाउने समय पनि हो।

कान्तिपुर

Link copied successfully