सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालय अनुगमन गर्ने

मंगलबार नेपाली कांग्रेस, नेकपा (एमाले) र तत्कालीन माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्ने तयारी रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Government to monitor damaged political party offices

काठमाडौँ — सरकारले जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त राजनीतिक दलका पार्टी कार्यालय अनुगमन गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार पुस ८ गते अर्थात् मंगलबार नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्ने तयारी छ। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ ।

मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय अनुगमन गरेपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लगायतको पार्टी कार्यालय अनुगमन गर्ने तालिका छ । 

आगामी फागनु २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully