मुलुकमा समृद्ध चाहनेले आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्नुपर्छ : मन्त्री घिसिङ

मन्त्री घिसिङले शनिबार पूर्वी नवलपरासीका विभिन्न आयोजनाको निरीक्षण गरेका थिए । आइतबार त्रिवेणी क्षेत्रको अनुगमनपछि उद्योगी व्यवसायीको कार्यक्रममा सहभागी भएका थिए ।

पुस ६, २०८२

नवीन पौडेल

Those who want the country to prosper should choose the right leadership in the upcoming elections: Minister Ghising

परासी — भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चुनावी सरकारसँग धेरै आशा गर्नुभन्दा पनि आगामी निर्वाचनबाट सही नेतृत्व चयन गर्न आग्रह गरेका छन् । 

पश्चिम नवलपरासीमा उद्योग वाणिज्य संघले आयोजना गरेको सम्मान तथा छलफल कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् । व्यवसायीहरूसँगको छलफलमा मन्त्री घिसिङले उज्यालो पार्टीतर्फ लक्षित गर्दै आफूहरुलाई निर्वाचनमार्फत स्थापित गरेमा नेपाललाई आगामी ५ वर्षमा मुलुक समृद्धतर्फ उन्मुख बनाउने र पटकपटक जनताले रोज्ने शक्तिको रुपमा स्थापित हुने दाबी गरे । 

‘केही महिनाको लागि हामी अहिले आएका छौं । अबको नेतृत्व कसलाई दिने भन्ने जनताको हातमा छ,’ उनले भने,‘उज्यालो नेपाल भनेको एक क्षेत्रको मात्र उज्यालो नभएर समग्र मुलुकको उज्यालो ल्याउनेतर्फ उन्मुख छ ।’

उनले उद्योगी व्यवसायीलाई उच्च मनोबलका साथ लगानी गर्न र रोजगारी सिजर्नामा ध्यान दिन आग्रह गरेका थिए । व्यवसायीले हरेक आन्दोलनमा निजी क्षेत्रले धेरै क्षति ब्यहोर्नु परेको भन्दै ढुक्क भएर लगानी गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । 

मन्त्री घिसिङले शनिबार पूर्वी नवलपरासीका विभिन्न आयोजनाको निरीक्षण गरेका थिए । आइतबार त्रिवेणी क्षेत्रको अनुगमनपछि उद्योगी व्यवसायीको कार्यक्रममा सहभागी भएका थिए ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully