प्रतिनिधिसभा निर्वाचन : समानुपातिक उम्मेदवारका लागि सातै प्रदेशमा रास्वपाको छलफल

आगामी निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्न सम्भावित व्यक्तिसँग छलफल गरिएको रास्वपाले जनाएको छ ।

पुस ५, २०८२

रासस

House of Representatives election: RSP discusses proportional representation candidates in all seven provinces

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट सिफारिस हुने समानुपातिक उम्मेदवारसँग शनिबार छलफल गरेको छ ।

सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ, गण्डकी प्रदेशको पोखरा, वाग्मती प्रदेशको काठमाडौँ, मधेस प्रदेशको जनकपुर र कोशी प्रदेशको इटहरीमा उम्मेदवारसँग छलफल गरेको हो ।

रास्वपाका नेता एवं उम्मेदवार छनोट समितिका संयोजक विराजभक्त श्रेष्ठले आगामी निर्वाचनका लागि रास्वपाबाट योग्य उम्मेदवार छनोट गर्न सम्भावित व्यक्तिसँग छलफल गरिएको जानकारी दिए । छनोट भएका उम्मेदवारलाई पार्टीको केन्द्रीय समितिले अनुमोदन गर्नेछ । 

रासस

Link copied successfully