बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
काठमाडौँ — एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी बैठकमा अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
एमाले सचिव राजन भट्टराईका अनुसार केन्द्रीय कमिटी बैठकले तत्काल गर्नुपर्ने कामको बारेमा निर्णय गर्नेछ । बैठकले नवनिर्वाचित केन्द्रीय कमिटी पदाधिकारीहरूका बीचमा जिम्मेवारी बाँडफाँट लगायतको विषयमा पनि छलफल गर्ने तयारी रहेको सचिव भट्टराईले बताए।
महाधिवेशनपछि बस्न लागेको यो केन्द्रीय कमिटीले विशेष गरी जेन-जी आन्दोलनपछि महाधिवेशनको समीक्षा र अहिलेको राजनीतिक अवस्थाको बारेमा कसरी अगाडि जाने भन्ने विषयमा निर्णय गर्ने छ।
![UML Central Committee meeting begins [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/oli-in-uml-cc-meeting-19122025101812-1000x0.jpg&w=1001&h=0)