एमाले महाधिवशेन मतगणना : अध्यक्षमा ओलीको सुरुवाती अग्रता

भरखरै अपडेट गरिएको गणनाअनुसार अध्यक्षमा ओलीले १५६ मत ल्याएका छन् भने अर्का प्रत्यासी ईश्वर पोखरेलले ६६ मत प्राप्त गरेका छन् ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

UML General Convention vote counting: Oli's initial lead in the presidency

काठमाडौँ — एमालेको जारी ११औं महाधिवेशनमा मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ ।

भरखरै अपडेट गरिएको गणनाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १५६ मत ल्याएका छन् भने अर्का प्रत्यासी ईश्वर पोखरेलले ६६ मत प्राप्त गरेका छन् । 

बिहानदेखि नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ । निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकालेपछि मतगणना सुरु भएको हो ।

मतगणनामा दुवै पक्षका उम्मेदवारका प्रतिनिधि, केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूको उपस्थिति छ ।

कान्तिपुर

Link copied successfully