एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्ने

शुक्रबार दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने तयारी भएको नवनिर्वाचित सचिव राजन भट्टराईले जानकारी दिए।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

The first meeting of the newly elected UML Central Committee will be held on Friday.

काठमाडौँ — एमालेको ११औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्ने भएको छ। 

शुक्रबार दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने तयारी भएको नवनिर्वाचित सचिव राजन भट्टराईले जानकारी दिए।

बिहीबार सम्पन्न महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ । 

कान्तिपुर

Link copied successfully