एमालेलाई आक्रमण गरेको दिन देश ठप्प हुन्छ, यो सरकार ढल्नुपर्छ : ओली

ओलीले भने- 'यो सरकार चुनावको तयारी गर्दै छैन। षड्यन्त्रको तयारी गरिरहेको छ। जेन-जीसँग भएको सम्झौता षड्यन्त्र हो। सरकारलाई चुनाव गराऊ भनिएको हो, संविधान संशोधन गर्नु भनेर जिम्मेवारी दिइएको छैन, त्यसकारण यो सरकारले चुनाव गराउँदैन।'

पुस ३, २०८२

कान्तिपुर संवाददाता

The day UML is attacked, the country will come to a standstill, this government must fall: Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले एमालेमाथि आक्रमणको प्रयास भइरहेको भन्दै त्यसको प्रतिरक्षा गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले एमालेलाई आक्रमण गरेको देश ठप्प हुने र यो सरकार पनि ढल्ने बताए।

बिहीबार तेश्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि सम्बोधन गर्दै ओलीले भने, 'एमालेलाई अरू गरेर सकिदैन भनेर आक्रमण गर्ने तयारी भइरहेको छ। एमालेमाथि आक्रमण गर्न त्यति सजिलो छैन। एमाले नेतृत्वलाई छोएको दिन यो देश ठप्प हुनुपर्दछ। एमालेलाई छोएको दिन यो सरकार ढल्नुपर्दछ। संसारमा केही महँगो पर्थ्यो भने एमालेलाई छुँदा पर्दछ। त्यसका लागि तपाईहरू तयार भएर बस्नुहोला।'

उनले सरकारले चुनाव गराउने तयारी नगरेको आरोप लगाए। 'यो सरकार चुनावको तयारी गर्दै छैन। षड्यन्त्रको तयारी गरिरहेको छ। जेन-जीसँग भएको सम्झौता यो षड्यन्त्र हो। यो सरकार चुनाव गराउन गठन भएको हो। सरकारलाई चुनाव गराऊ भनिएको हो, संविधान संशोधन गर्नु भनेर जिम्मेवारी दिइएको छैन,' उनले भने, 'त्यसकारण यो सरकारले चुनाव गराउदैन।'

उनले अब जनता आफैँले आफ्नो सुरक्षा गर्नुपर्ने अवस्था आएको बताए। 

कान्तिपुर

Link copied successfully