एमालेको ११औं महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको शपथ

आयोगका अध्यक्ष सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले शपथ लिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ गराए ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

New leadership elected at UML's 11th general convention takes oath

काठमाडौँ — नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन बिहीबार सम्पन्न भएको छ ।

भक्तपुरको सल्लाघारीमा गत मंसिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मंसिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको बिहीबार औपचारिक समापन भएको हो । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गरेका थिए । 

अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका थिए । 

आयोगका अध्यक्ष सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले शपथ लिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ गराए ।

New leadership elected at UML's 11th general convention takes oath

कान्तिपुर

Link copied successfully