महासचिवका आकांक्षी भए पनि ज्ञवालीलाई उपाध्यक्षमा उठाउने प्रस्ताव गरिएको थियो । उपाध्यक्षमा मनोनयन दर्ता नगरी उनले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका थिए ।
काठमाडौँ — एमालेको खुला ७२ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले सबभन्दा धेरै मत ल्याएका छन् ।
महासचिवका आकांक्षी भए पनि उनलाई उपाध्यक्षमा उठाउने प्रस्ताव गरिएको थियो । उपाध्यक्षमा मनोनयन दर्ता नगरी उनले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका थिए ।
केन्द्रीय सदस्यमा उनले एक हजार ९४२ मत ल्याएका छन् । उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिन अस्वीकार गरेका थिए ।
