राजनीतिक दलहरूले निर्वाचनका लागि उम्मेदवार सिफारिससमेत गर्न थालिसकेको सञ्चारमन्त्री खरेलले बताए । उनले निर्वाचनको तयारीस्वरूप कतिपय राजनीतिक दलहरूले गाउँदेखि सहरसम्म अभियान चलाएको उल्लेख गरे ।
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनितिक दलहरू निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् । बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरू निर्वाचनमा होमिएको बताएका हुन् ।
राजनीतिक दलहरूले निर्वाचनका लागि उम्मेदवार सिफारिससमेत गर्न थालिसकेको सञ्चारमन्त्री खरेलले बताए । उनले निर्वाचनको तयारीस्वरूप कतिपय राजनीतिक दलहरूले गाउँदेखि सहरसम्म अभियान चलाएको उल्लेख गरे ।
निर्वाचन आयोगले पनि निर्वाचनको कामलाई द्रुत गतिमा अगाडि बढाएको उनले जानकारी दिए । फागुन २१ गते हुने निर्वाचनको लागि ८ लाख भन्दा बढी नयाँ मतदाताहरू थपिएकोले देशमा निर्वाचन महोत्सव बन्न लागेको उनले दाबी पनि गरे ।
निर्वाचनमा भोट हाल्न जनता पनि आतुर रहेको उनको भनाइ छ । सरकारले सबैखालका स्रोत, साधन, जनशक्ति तयार गरेर निर्वाचनलाई सफल बनाउने वातावरणमा लागेको पनि उनले जानकारी दिए । मुलुक निर्वाचनमा अगाडि बढिसकेको उनको दाबी छ । वर्तमान सरकार जेन–जी आन्दोलनको म्यान्डेटअनुसार नै चलेको बताए ।